(१) ठेक्का दिन स्वीकृत भएको सूचना प्राप्त भएपछि ऐनको अधीनमा रही ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले ठेक्का पाउने व्यक्तिको नेपाल ………. भित्रको ठेगानामा बाटोको म्याद बाहेक ७ (सात) दिनको म्याद दिई ठेक्का स्वीकृति भएको जनाउ साथ पट्टा उठाउनलाई हाजिर हुन सूचना तामेल गर्नु, गराउनु पर्छ । ठेक्का पाउने भएमा पहिला व्यक्ति तोकी पठाएमा म्यादभित्र हाजिर नभएमा सो व्यक्तिपछिको दोस्रो ठेक्का पाउने व्यक्तिलाई पनि पट्टा पठाउन हाजिर हुन अघिल्लो व्यक्तिले पाए सरहको म्याद तोकी सूचना दिनु
पर्छ ।
(२) उपनियम (१) मा उल्लेख भए बमोजिमको सूचना पाउनु पर्ने व्यक्ति नभेटिएमा वा सूचना बुझी नलिएमा स्थानीय निकायका सदस्य कम्तीमा एकजना समेत स्थानीय व्यक्तिहरु ४ जनालाई साक्षी राखी यो सूचना पाउनु पर्ने व्यक्तिको घरदैलामा बाटाका म्याद बाहेक ७ (सात) दिनको म्याद तोकी टाँसी दिनुपर्छ र सो बमोजिम गरेमा सूचना पाउनु पर्ने व्यक्तिले नै पाएको मानिनेछ ।
(३) सूचना पाउनु पर्ने व्यक्तिले ठेगानाको जानकारी नभएमा वा सो मानिस विदेशी भएमा र निजको नेपाल भित्रको ठेगाना नखुलेको भए ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले सो सूचना पाउनु पर्ने व्यक्तिको भएसम्मको नाम नामेसी खोली सबै कुरा खुलाई स्पष्ट गोरखापत्रमा वा अरु स्थानीय पत्र–पत्रिकामा सो कुराको सूचना प्रकाशित गर्नुपर्छ र सो बमोजिम गरेमा सो सूचना पाउनु पर्ने व्यक्तिले
नै पाएको मानिनेछ ।
(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ५ बमोजिम प्रकाशित भएको सूचना पट्टा उठाउनु पर्ने मिति तोकिएकोमा सोही मितिभित्र पट्टा उठाउनु पर्छ ।